समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाले अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा स्थगित गरेको छ। कोरोना भाईरसको नयाँ भेरियण्ट्स देशव्यापीरुपमा फैलिईरहेको र छिमेकी गाउँपालिकाहरु समेत संक्रमित देखिएकाले सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको छ।
गाउँपालिका अध्यक्ष प्रदिप राई र प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद भट्टराईले मंगलबार सूचना जारी गर्दै सामुदायिक र संस्थागत विद्यालयको आगामी २३ बैशाखदेखी हुने भनिएको कक्षा १ देखी कक्षा ९ सम्मको वार्षिक परिक्षा अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको जानकारी दिएको छ।
गाउँपालिकाको शिक्षा समितिको ३ बैशाखमा वसेको वैठकले २३ बैशाखदेखी सामुदायिक र संस्थागत विद्यालयको वार्षिक परीक्षा गर्ने निर्णय गरेको थियो।
यो पनि पढ्नुहोस कोरोना कहर : खोटाङमा बैंक खोल्न समय तालिका निर्धारण
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology