समायोजन खबर खोटाङ, कोरोना भाइरस (कोभिड–१९) दोश्रो भेरियण्ट्स संक्रमण जोखिमबाट बच्न खोटाङका सबै बैंकहरु खोल्नका लागि समय तालिका तोकिएको छ। बैंकमा भिडभाड बढ्ने भएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ‐डिसिसिएमसि)को वैठकले बंैकहरु खोल्न समय तालिका निर्धारण हो।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र संयोजक तथा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा मंगलबार बसेको वैठकले विदाको दिन बाहेक बिहान ११ बजेदेखी दिउँसो १ बजेसम्म अत्यावश्यक सीमित कारोबारका लागि बैंकहरु खोल्ने निर्णय गरेको छ।
वैठकले राष्ट्रिय वाणिज्य बैंक आईतबार, मंगलबार र बिहीबार, सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौ र एस वि आई बैंक आईतबार र बुधबार मात्रै खोल्ने निर्णय गरेको छ।
यस्तै, नेपाल बैंक लिमिटेड, एनआईसी एसिया बैंक र सालपा विकास बैंक, सनराईज बैंक सोमबार र बिहिबार, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंक मंगलबार र शुक्रबार खोल्न समय तालिका निर्धारण गरिएको डिसिसिएमसि संयोजक तथा प्रजिअ शर्माले जानकारी दिए।
हालसम्म जिल्लामा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को संक्रमण पूष्टी भएको छ । दुईजनामा कोरोना पूष्टि भएपछि अर्को सूचना जारी नभएसम्मलाई बाँझेच्यानडाँडा वडालाई शिल गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology