समायोजन खबर खोटाङ, नेपालमा कोरोना संक्रमणको दोश्रो लहर दिनानुदिन डरलाग्दो रुपमा उकालो लागिरहेको छ । कोरोना संक्रमणबाट मानिसहरुले अकालमै ज्यान गुमाउनु परिरहेको छ । यसबेला हामी सबै नागरिक निक्कै सचेत हुनुपर्छ।
कोभिड १९, दोश्रो लहरको सम्बन्धमा खोटाङमा केके गतिविधि र सचेतनाका कार्यक्रमहरु भईरहेको छ भनेर जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मासँग समायोजन खबर डटकमले संक्षिप्त कुराकानी गरेको छ।
कोभिड १९, दोश्रो लहरको संक्रमण के कस्तो छ खोटाङमा ?
खोटाङमा हाम्रो तयारी एकदम राम्रो छ। र, अहिलेसम्म कुनै संक्रमित व्यक्ति फेला परेको छैन। हामी सर्तकता अपनाएर बसिरहेका छौ।
संक्रमणबाट जोगिन पूर्व तयारीहरु केके भयो ? के गर्दै हुनुहुन्छ ?
हामीले सम्पूर्ण नागरिकहरुमा सचेतनाको अभियान पनि जोडदार फैलाईरहेका छौ। संक्रमण देखा परिहाल्यो भने भनेर त्यसको व्यवस्थापनका लागि आइसोलेसन सेन्टरहरु स्थापना गरिसकेका छौ र, एन्टिजन टिस्ट किटहरु पनि सुरक्षितसाथ राखिएको अवस्था छ। यदि भोलिका दिनमा परिक्षण गर्नुपर्ने भयो भने हामी पूर्व तयारीमै छौ।
यतिको तयारीले थेग्न सक्छ कोभिड संक्रमणलाई ?
हैन, हामीसँग सबै किसिमको तयारी छ। एन्टिजन टिष्ट किटहरु छन्, एम्बुलेन्स तयारी अवस्थामा राखेका छौ। त्यसैगरी आइसोलेसन बेडहरु पनि हामीसँग छ। भर्खरै सदरमुकाममा अक्सिजनसहित ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरिसकेका छौ। अस्पतालमा ६ बेडको आइसोलेसन सेन्टर छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका, रावाबेशी गाउँपालिकामा पनि अक्सिजनसहितको आइसोलेसन बेड स्थापना भईसकेको हुनाले यो परिस्थितीलाई सामना गर्नका लागि प्रयासरत छौ। र, हामी सक्छौ भन्ने लागेको छ।
जिल्ला भित्रने नाकाहरुको स्थिति के छ ?
हाम्रो जिल्लामा स्व-अनुशासन उदाहरणीय रुपमा अगाडी बढेको छ । सदरमुकाममा बिना काम कोही व्यक्ति पनि बाहिर निस्केको अवस्था छैन। त्यसैगरी नाकाहरुबाट कुनै पनि गाडीहरु, अत्यावश्यक काम परेको बाहेक कोही व्यक्तिहरु छिरेको अवस्था छैन। हामीले कुनै पनि व्यक्ति जिल्ला भित्रदा कुन पालिकामा जाने हो ? कहाँबाट आएको हो ? त्यसको सबै व्यवस्थापन गरेका छौ। विदेशबाट आउनेहरुलाई होम क्वारेन्टाइनमा बस्नुहोस भनेर प्रेरित गरिरहेका छौ।
आवश्वक श्रोत साधन, स्वास्थ्यकर्मी, एम्बुलेन्सहरु हाई अलर्टमा छन कि छैनन ?
एकदमै छ। हाम्रो सबै श्रोत साधन हाई अलर्टमा रहेको छ। हामी तयारी अवस्थामा नै छौ। यसभन्दा पहिला हामीले सचेतना अभियान चलाएका थियौ। त्यसैको कारण हुनसक्छ। हाम्रो जिल्लामा अहिलेसम्म संक्रमित व्यक्ति भेटिएको छैन।
नागरिक स्वयंमले कोभिड संक्रमण जोखिमबाट बच्नका लागि चाँहि के गर्ने ?
मैले अघि एउटा शब्द प्रयोग गरेको छु। स्व-अनुशासन सबैभन्दा ठूलो बल हो। र, नागरिक स्वंयमले के गर्दा हुने रहेछ भन्ने कुरा हाम्रो सदरमुकामलाई हे¥र्यो भने थाहा हुन्छ। सबै नागरिकहरु, व्यवसायीहरु आ–आफ्नो घरमा बसेको अवस्था छ।
बिना काममा बाहिर निस्कनु भएको छैन। सामान किनमेल गर्नका लागि पनि एउटा अनुशासन कायम भएको छ। त्यसले गर्दा पनि नागरिक समाजको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा हाम्रो सदरमुकाम हे¥र्यो भने यसबाट छर्लङग हुन्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology