• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा दुई महिनामा २४ वटा सामुदायिक वनमा डढेलो

खोटाङमा दुई महिनामा २४ वटा सामुदायिक वनमा डढेलो


समायोजन खबर
  • बिहिबार, बैशाख १६ २०७८

  • फाईल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा दुई महिनामा २४ वटा सामुदायिक वनमा डढेलो लागेको छ। सुख्खा र हावाहुरीको मौसम सुरु भएपछि जिल्लाको विभिन्न स्थानमा रहेका सामुदायिक वनहरुमा डढेलो लागेको हो।

    ११ फागुनदेखी १६ चैतसम्म २४ वटा सामुदायिक वनमा डढेलो लाग्दा ३ घर जलेर नष्ट भएको, चार सय मिटर खानेपानी पाइप डढेको र केपिलासगढी गाउँपालिकाको बासपानीका पदम खड्काको घर, मतान, गोठसहित ३० मुरी धान, ७ मुरी मकै जलेर नष्ट भएको डिभिजन वन कार्यालय खोटाङले जानकारी दिएको छ।

    वन कार्यालयका अनुसार विजयखर्कको जुरेथुम्का सामुदायिक वन, सागुरी सामुदायिक वन पुर्व/पश्चिम, लफ्याङको चालीसे सामुदायिक वन, खाल्लेको भाला सिरुवानी सामुदायिक वन, बुईपाको रातामाटा चउर लुमे सामुदायिक वन, राजापानीको महमकला सामुदायिक वन, भालढुंगा सामुदायिक वन, धितुङको सल्लेरी तारेभिर सामुदायिक वन, जलेश्वरीको किमसरा जुकेपानी सामुदायिक वन, राखाबाङदेलको लिविङखोला सामुदायिक वन, बाकाचोलको ढुंगेखर्क सामुदायिक वन र कात्तिके देविस्थान सामुदायिक वनमा डढेलो लागेको छ।

    हौंचुरको लोचा लमजुङ सामुदायिक वन, खार्ताम्छाको रमितपाखा सामुदायिक वन, बासपानीको रानी सामुदायिक वन, दिप्सुङको दिन्दुडाँडा सामुदायिक वन र पात्ले सामुदायिक वनमा डढेलो लागेको कार्यलयसँग तथ्यांक छ। कात्तिके सामुदायिक वन, लोचा लमजुङ सामुदायिक वन, लिविङखोला सामुदायिक वन, ढुंगेखर्क सामुदायिक वनमा फरक–फरक समयमा डढेलो लागेको छ।

    डढेलोबाट रुख विरुवा, भुई घाँस, निगालो, रुखका लाथ्रा, जीवजन्तु, जडीबुटी, जलेर नष्ट भएको छ । डिभिजन वन कार्यालयका प्रमुख धनन्जय लामिछानेले खडेरी मौसम, घाँस पलाउन भन्दै डढेलो लगाउने, जग्गा मलिलो हुने भनेर पात पतिङगर पोलेर त्यतिकै छोड्ने र सामुदायिक वन उपभोक्ता समिति निष्कृय हुँदा डढेलो लाग्ने गरेको बताए।

    सामुदायिक वन उपभोक्ता समितिले वनबाट लाखौ फाईदा लिने तर, सचेतनाका कार्यक्रम र प्रचारप्रसार नगर्दा डढेलो लागिरहेको पाईन्छ । प्रमुख लामिछानेले भने, ‘सामुदायिक वन उपभोक्ता समितिले सामान्यतः अग्नी रेखा समेत नबनाउनाले डढेलो लाग्ने गरेको छ ।’ जिल्लामा करीव ३ सय बढि सामुदायिक वनहरु रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology