समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप चार हजार ५२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६७२ पिसिआर र १००९ जनाको एन्टीजेन परीक्षण गर्दा चार हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ७ हजार ९२५ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १९६६ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ उपत्यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ।
कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म २ लाख ७८ हजार ५०६ संक्रमित निको भइसकेका छन्। देशभर ५८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology