• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन हजार ५५६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि

तीन हजार ५५६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि


समायोजन खबर
  • सोमबार, बैशाख १३ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, देशभरिमा तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आज नै ३७८ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले पिसिआर प्रविधिबाट १२ हजार ४०० र एन्टिजिन विधिबाट ८९३ गरी जम्मा १३ हजार २९३ को परीक्षण गरेको थियो । हाल होम आइसोलेशनमा २० हजार ५३५ र संस्थागत आइसोलेशनमा एक हजार ८९९ रहेका छन्।

    त्यस्तै, आइसियु २६८ र भेन्टिलेटरमा ७८ रहेका छन् । आजसम्म पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देही रहेका छन्। हाल देशभरका ७७ जिल्लामा नै सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

    हालसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या २४ लाख १७ हजार ४१७ रहेको मन्त्रालयले जनाएको छ । प्रतिदश लाख जनसङ्ख्यामा ८२ हजार ९६७ को परीक्षण भएको छ। हालसम्म देशभरमा गरी जम्मा तीन लाख तीन हजार ५६१ लाई सङ्क्रमण पुष्टि भइसकेको छ।

    त्यसमध्ये महिलाको सङ्ख्या एक लाख आठ हजार ५३५ र पुरुषको सङ्ख्या एक लाख ९५ हजार २६ रहेको छ । निको भएकाको दर ९१ दशमलव पाँच प्रतिशत छ । हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये पोजेटिभ दर १२ दशमलव पाँच प्रतिशत छ । पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु सङ्ख्या १२ रहेको छ।

    प्रदेश नं १ मा २०२ सङ्क्रमित थपिए

    २४ घण्टामा प्रदेश नंं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसरीका ३३, ताप्लेजुङका दुई, सङ्खुवासभा, इलाम, उदयपुर र पाँचथरका एकएक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    प्रदेश १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ६४६ पुगेको छ भने तीमध्ये २९ हजार ९५९ सङ्क्रमणमुक्त भएको छ। यो प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०५ रहेका छन्। पछिल्लो २४ घण्टामा यो प्रदेशमा ७४७ जनाको पिसिआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology