समायोजन खबर खोटाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचा, २०७७को अनुशरणसमेत गर्न निर्देशन दिएको छ ।
मन्त्रालयमा आज बसेको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अहिलेको विषम परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सर्न आग्रह गर्नुभयो । प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएम)ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकारसमेत रहेको उहाँले भनाइ राख्नुभयो ।
शिक्षा सचिव रामप्रसाद थपलियाले तत्काल बिद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताउनुभयो । उहाँले स्वाथ्य मापदण्डलाई कडाइकासाथ पालना गर्न आग्रह गर्नुभएको छ ।
विज्ञान सचिव डा सञ्जय शर्माले अहिलेको अवस्थामा आलोपालो प्रणालीमा विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो । उहाले पछिल्लो अवस्थामा कोभिड–१९ले बालबालिका र १८ वर्ष मुनिका युवालाई सङ्क्रमण देखिएको भन्दै सबै क्षेत्रमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
यस्तै मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण वढ्दो अवस्थामा रहेको र त्यसवाट विशेषत ः विद्यालय जाने उमेर समूहका विद्यार्थीमा सङ्क्रमण फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ ।
विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई
मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड–१९ को अवस्थामान विद्यालय सञ्चालन र बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिइएको जानकारी दिनुभयो । उहाँले भीडभाड नहुने गरी विद्यार्थीको सङ्ख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको सङ्क्रमणको पछिल्लो अवस्थासमेतलाई विचार गरी स्थानीय तहसँग समन्वय गर्न भनिएको बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology