• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सात फोटोमा हेर्नुहोस कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र

सात फोटोमा हेर्नुहोस कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र


समायोजन खबर
  • सोमबार, चैत्र ३० २०७७

  • कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रमा फोटो सेसनका लागि तयार गरिएको संरचना।

    समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सोल्मामा कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र निर्माण गरेको छ।
    अर्गानिक नगर बनाउन तयार गरिएको प्लान्टमा दिक्तेलबजारका घरहरुबाट निस्केका कुहिने फोहोरहरु संकलन गरेर कम्पोष्ट मल बनाउन सुरु भएको छ । कच्चा पदार्थ प्रशस्त मात्रामा नहुंदा सन्तोषजनक मल उत्पादन गर्न सकिएको छैन।
    विशेषगरी हलेसी मन्दिरबाट निस्केका कुहिने फोहोरहरु ल्याएर कम्पोष्ट मल उत्पादन गरिने तयारी भईरहेको नगरपालिकाका कर्मचारीले सुनाए।
    कम्पोष्ट प्लान्टसँगै वायोग्यास प्लान्ट पनि भएकाले ताजा गोबर मल र दिसाजन्य लेदोबाट वायोग्यास पनि उत्पादन गरिने तयारी भईरहेको छ ।
    वायोग्यास उत्पादनका लागि नगरपालिकाले ३ वटा भैंसी खरीद गरेर लाइभस्टक फार्म एण्ड लर्निङ सेन्टरमा पालेको छ । भैसीको दुध नगरपालिकाले विक्री सुरु गरेको छ।
    नगरपालिकाको ३ करोड ३२ लाख र प्रदेश सरकारको ५० लाख लागतमा तयार गरिएको बहुउद्देश्य प्लान्टमा आकर्षक पोखरी, हाइटेक प्रविधिमा स्ट्रबरी खेती, च्याउ खेती, सवै किसिमका तरकारीका बेर्ना, फुलको विरुवा, माटो परिक्षण प्रयोगशाला रहेको छ।
    केही मिनेटमै नतिजा दिने माटो परिक्षण प्रयोगशालाको प्रचारप्रसार नहुंदा सेवाग्राहीहरु आएका छैनन्। अर्गानिक नगरपालिका बनाउनका लागि कृषिमा मात्रै नगरपालिकाले कूल वजेटको ३५ प्रतिशत लगानी गरेकोे छ।

    च्याउ खेती ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology