• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार सङ्क्रमित

भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार सङ्क्रमित


समायोजन खबर
  • आइतबार, चैत्र २९ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,भारतमा कोरोना भाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

    उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन्। भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६९ हजार २७५ पुगेको छ ।

    भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिनमा एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology