• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खुवालुङ हटाउने, फुटाउने कही कतै निर्णय भएको छैन : मुख्यमन्त्री राई

खुवालुङ हटाउने, फुटाउने कही कतै निर्णय भएको छैन : मुख्यमन्त्री राई


समायोजन खबर
  • बिहिबार, चैत्र २६ २०७७

  • प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई ।

    समायोजन खबर खोटाङ,खुवालुङ हटाउने, फुटाउने कही कतै कुनै निकायमा छलफल र निर्णय नभएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्रको सप्तकोशी नदीको बीचमा रहेको किराँतीहरुको आस्थाको केन्द्र खुवालुङ (ढुंगा)लाई हटाउने, फुटाउने निर्णय नभएको मुख्यमन्त्री राईले बताएका हुन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सोल्मामा निर्माण गरेको कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रको २१ चैतमा उद्घाटनमा वक्ताहरुले खुवालुङको वारेमा आवाज उठाएपछि मन्त्री राईले खुवालुङलाई फुटाउने, तोडफोड गर्ने, हटाउने वारेमा कही कतै कुनै निकायमा छलफल र निर्णय नभएको प्रष्ट पारेका हुन्।

    खुवालुङका वारेमा सञ्चार माध्यम, सामाजिक सञ्जालमा अनेकन प्रचारप्रसार भएको कुराहरु आएपछि विज्ञहरु सहितको टोली लिएर केही दिन अघि खुवालुङ स्थलको भ्रमण गरे । विज्ञहरुको भनाई सुने । खुवालुङ भएको ठाउँमा कुनै पनि प्रकारको जहाजहरु चलाउन, कुनै प्रकारको वोट चलाउन कही कतै सार्न, हटाउन पर्दैन, फुटाउनु पर्दैन विज्ञहरुले भनेका छन् । मुख्यमन्त्री राईले भने।

    तर, लगातार खुवालुङ, खुवालुङ भनेको छ, भनेको छ । प्रदेश र केन्द्रीय सरकारले खुवालुङ आजै हटाउँदैछ, भोली फुटाउँदैछ, क्रेन पु¥याईसक्यो भन्नेजस्ता प्रचार गरेकाले त्यस्तो केही नभएको मुख्यमन्त्री राईले बताए । यस्ता गलत प्रचारको पछि नलाग्न र समय खेर नफाल्न मुख्यन्त्री राईले सवैलाई आव्हान गरे।

    वृस्तृत रुपमा जलयात्राको संम्भाव्यता अध्ययन गरिरहेका छौ । दोलाघाटससम्म जेटवोट, पानी जहाज जान सक्छन कि सक्दैनन् । यदि जान सक्छ भने त्यसको किन अध्ययन नगर्ने ? जलयात्रा किन सञ्चालन नगर्ने ? मुख्यमन्त्रीले राईले भने, हाम्रो संमृद्धीमा सप्तकोशी, सुनकोशी, तामाकोशी, तमोर, अरुण नै किन नजोड्ने, अध्ययनको काम हामीले सुरु गरेका छौ। प्रारम्भिक अध्ययन भईरहेको छ । बृस्तृत अध्ययनको काम क्रमशः हुनेछ।

    सप्तकोशीमा आवद्ध नदिहरुमा संम्भाव्यता अध्ययन गरेर, जल पर्यटनलाई उच्च प्राथमिकतामा राखेर हाम्रो संमृद्धी र देशको संमृद्धीमा जोड्न गईराखेका छौ । त्यसै अनुसार खुवालुङलाई पनि आगमी दिनमा विकास गर्नका निम्ति आवश्यक अध्ययन गर्ने कुरा अगाडी सारेका छौ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology