समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६४ हजार २ सय ६८ पुगेको छ।
पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २७ छ। पछिल्ले २४ घण्टामा ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ जना पुगेको मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology