समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९० रहेको छ । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत रहेको छ ।
प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिका– १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् । प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये २९ हजार ७९७ जना निको भई घर फर्केका छन् ।
यसैगरी प्रदेशमा ४४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ४६६ जनाको मृत्यु भएकोे छ । प्रदेशमा कोभिड–१९ विरुद्धको खोप दुई लाख ९८ हजार ८५३ लाई लगाइएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology