समायोजन खबर खोटाङ, देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४७२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो समय कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित दुई लाख ७६ हजार ५६ पुगेका छन् । त्यस्तै पछिल्लो समय थप ९९ जना निको भएका छन् । यससँगै निको हुने दुई लाख ७२ हजार २० र निको हुने दर ९८ दशमलब ५ प्रतिशत छ ।
अहिले देशभर एक हजार १७ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५० जना क्वारेन्टिनमा तथा अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ४० हजार ९८९ को पिसिआर परीक्षण भएको छ । हालसम्म तीन हजार १९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology