समायोजन खबर खोटाङ, हराएको ४० वर्षपछि भारतको कोलकतामा जेल जीवन बिताई रहेको अवस्थामा भेटिएका इलामको माई नगरपालिका १० का दिपक जोसी (तिम्सीना) आइतबार दिउसो घर आइपुगेका छन् । आइतबार दिनको ३ बज्नै लाग्दा दिपक घरमा आइपुग्दा लामो समय पछिको भेटमा परिवारमा खुसिको सिमा नै थिएन ।
बाल्यकालमै बेपत्ता भएका छोरा ४० वर्ष पछि जिवितै घरमा फर्कदा ८५ वर्षीया आमा धनमाया तिम्सिनाको खुसीले गहभरी आसु भरियो । छोरो आएकोमा खुसी हुदै धनमायाले भन्नुभयो, “सानै बाट घर ब्यबहार चलाउने छोरो यति लामो समयसम्म सम्पर्क नहुदाँ आस मरेको थियो तर अब छोरो फर्केको छ अब मलाई त्यो भन्दा ठुलो कुरा केही छैन ।”
२०३७ सालको माघमा पुरानो घर साविकको एकतप्पा गाविस हाल फाकफोकथुम गाउँपालिकाकोबाट मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न गएका दिपक त्यतिबेला बाट नै घरको सम्पर्क बाट टाढा भएका हुन । आइतबार घर आइपुगेका दिपक यता लामो यात्राको थकानले गर्दा केही नबोलेर टाउको हल्लाएर घर पुग्दा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
घर फर्किएको खुसीमा ८५ वर्षीया आमा धनमाया तिम्सिनाले मिठाइ ख्वाउन लाग्दा पनि गुलियो खान मन नलागेको प्रतिक्रिया उहाँले दिनुभयो । तोरी बेच्न बजार गएका दीपक शर्मा तिम्सिना चार दशक कहाँ, कुन अवस्थामा थिए भन्ने कसैले सुइँको पाएनन् ।
भारत कोलकाताको दमदम जेलमा बाट छुटेका दीपक करिब ४० वर्षअघि नै जेल परेको अवस्थामा फेला परेका दिपक परिवारको वर्षौंको प्रयास र विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा आइतबार घरमा आइपुग्दा गाँउभरीका मानिस भेला भएका थिए भने हर्सोउल्लासका साथ गाँउमा नै खुसी छाएको थियो ।
घरबाट हिँडेपछि दार्जिलिङको चिया कमानमा काम गरेको समयमा त्यहाँ काम गर्दा उनलाई एक महिलाको हत्या अभियोग लागेको बताइन्छ । २०१७ सालमा जन्मिएका दीपकका बुबाको २०२४ सालमा निधन भएको हो । धनमायाँका चार छोरा तीन छोरी मध्ये दुई छोरा र एक छोरीको मृत्यू भैसकेको छ ।
जेलबसेका दिपक मानसिक रोगको चपेटामा छन यतिबेला । कोलकातास्थित नेपाली वाणिज्य दूतावास, दीपकको मुद्दाबारे जानकारी भएका भारतीय कानुन व्यवसायी, स्थानीय सञ्चार संस्था, पत्रकार र नागरिक अगुवाहरूको पहलमा दीपक छुटेर घर फर्केका हुन । ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइ रहनुभएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक)लाई कोलकोताको उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ । सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेपछि दिपकलाई २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकोता जेल लगिएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology