• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुटपिटबाट पुरुषको मृत्यु, चार महिला र एक पुरुष पक्राउ

कुटपिटबाट पुरुषको मृत्यु, चार महिला र एक पुरुष पक्राउ


समायोजन खबर
  • बिहिबार, चैत्र ५ २०७७

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ, कुटपिटबाट एक पुरुषको मृत्यु भएपछि पाँच जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको कुटपिटबाट मृत्यु भएपछि चार महिला र एक पुरुष पक्राउ परेका हुन् ।

    चैत २ गते राती कुटपिट हुँदा गम्भीर घाईते भएका राईको उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजानेक्रममा चैत ३ गते मृत्यु भएपछि पाँच जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक दिनेशकुमार खरेलले बताए ।

    राती घरमा सुतिरहेकी ३४ वर्षकी महिलाको कोठामा प्रवेश गरेर छुन खोजेको भन्दै पुरुषमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

    घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक गोविन्द शाहले बताए । पक्राउ परेका पाँच जना विरुद्ध बुधबार म्याद थप गरिएको छ । अनुसन्धानपछि मात्र घट्नाको वास्तविकता बाहिर आउने प्रहरी निरिक्षक शाहले बताए ।

    यस्तै, खोटाङमा १४ वर्षीय बालिकासँग एउटै पासोमा झुण्डिनेक्रममा पुरुषको मृत्यु भएको छ । एउटै पासो प्रयोग गरेर झुण्डिनेक्रममा पुरुषको मृत्यु भएको हो । खुट्टाले भुई छोएकाले वालिका भने बाँचेकी छन् । गोप्यताका लागि प्रहरीले उनीहरुको नाम र ठेगाना सार्वजनिक गरेको छैन । मृतक पुरुष भने विवाहित भएको बताइएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology