समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई आधारभूमि बनाएर प्रकाशन भईरहेको तुवाचुङ साप्ताहिक पत्रिकाले दोश्रो वार्षिक उत्सवको अवसरमा सातजना पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार हलेसीस्थित होटल भिलेजमा दोश्रो वार्षिक उत्सव मनाउँदै साप्ताहिकले सातजना पत्रकार र एकजना युवा उद्यमीलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा पत्रकार चिसाङ शेर्पा, रामधन राई, सुर्य तामाङ, दीपक राई, नवीन चाम्लिङ राई, असल चरित्र, शिवकुमार राई रहेका छन् । पत्रकारलाई जनही १५ हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दीपेन्द्र राईले जानकारी दिए ।
पत्रकार शेर्पा र शिवकुमारलाई स्वर्गीय सिजन राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, रामधनलाई स्वर्गीय इन्द्रसेर राई/गउनसरी राई तुवाचुङ पत्रकारिता पुरस्कार, सुर्यलाई स्वर्गीय मेघराज राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, नविनलाई तुवाचुङ मारतिका यातायात प्रालि तुवाचुङ साप्ताहिक साहसिक पत्रकारिता पुरस्कार तथा दीपक र असललाई रुनिशा राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कारवाट पुरस्कृत गरिएको हो ।
यस्तै, स्वर्गीय कृष्णध्वज राई तुवाचुङ साप्ताहिक युवा उद्यमी पुरस्कारवाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका चाम्लिङ तृष्णा ऋण तथा बचत सहकारी लिमिटेडका अध्यक्ष ईन्द्र चाम्लिङलाई पुरस्कृत गरिएको छ । पुरस्कार राशी १५ हजार रहेको छ ।
पुरस्कृत पत्रकार तथा उद्यमीलाई वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि तथा हलेसी तुवाचुङ नगरपाकिाका नगरप्रमुख इवन राईले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । साप्ताहिकले प्रत्येक वर्षको साउन ४ गते वार्षिक उत्सव मनाउदै आएको थियो । तर, यसपटक कोभिडका कारण चैतमा वार्षिक उत्सव मनाउनु परेको साप्ताहिकका प्रकाशक/सम्पादक राईले बताए ।
वार्षिक उत्सवको अवसरमै पुरस्कार स्थापनार्थ गरिदिनुहुने राजनीतिकर्मी समीर राई, डिल्ली चाम्लिङ, समाजसेवी पदमकुमार राई, विधार्थी रुनिशा राई, तुवाचुङ मारतिका यातायात प्रालिलाई सम्मान गरिएको छ । गतवर्ष तुवाचुङ साप्ताहिकले पहिलो वार्षिक उत्सवमा पत्रकार दमन राई, केदार मगर, उत्तम चौलागाँई, समाजसेवी जनकराज राई, साहित्यकार विक्रम चेतनशील राई र कराते खेलाडी शेशुका राईलाई पुरस्कृत गरेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology