• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

औषधि विभागका अधिकृत घुससहित पक्राउ

औषधि विभागका अधिकृत घुससहित पक्राउ


समायोजन खबर
  • शुक्रबार, फाल्गुन १४ २०७७

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ ।

    आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

    कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’बाट पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology