समायोजन खबर, इन्डोनेसियामा पत्रकारहरुका लागि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । राजधानी जाकार्तामा राष्ट्रपति जोको विडोडोको उपस्थितिमा बिहीबार पत्रकारका लागि खोप अभियानको सुरुवात गरिएको हो ।
राष्ट्रपति विडोडोले झण्डै पाँच हजार ५०० पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिनुभएको छ । इन्डोनेसियामा यही बिहीबारदेखि शनिबारसम्म पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाइदिने व्यवस्था गरिएको छ ।
“समाचार सङ्कलनका लागि विभिन्न ठाउँमा जानु पर्ने र विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया र सम्पर्क गर्नु पर्ने पत्रकारहरूलाई खोप उपलब्ध गराउँदा उनीहरूलाई काम गर्न सजिलो हुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ,” राष्ट्रपति विडोडोले नेशनल प्रेस डेलीसँग भन्नुभयो ।
पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था राजधानी जाकार्तामा मात्रै नभई देशभरीका सवै प्रदेशहरुमा पनि गरिएको उहाँले जानकारी दिनुभयो ।
कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुक इन्डोनेसियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन गत जनवरी १३ देखि सुरु गरिएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology