समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम दिक्तेलबजारभित्रको बाँकी सडक ढलानका लागि वजेट जुटेको छ । जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको कच्ची सडक ढलानका लागि शहरी विकास मन्त्रालयबाट वजेट जुटेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा अर्थ मन्त्रालयबाट शहरी विकास मन्त्रालयमा विनियोजित वजेट मध्ये खर्च हुन नसक्ने रकमवाट व्यवस्थापन गर्नेगरी उक्त योजनालाई ५ करोड वजेटको व्यवस्था गरिएको अर्थ मन्त्रालयका शाखा अधिकृत अम्बिका प्रसाद भट्टराईले जानकारी दिए ।
वजेट जुटसँगै यसैवर्षभित्र बाँकी सडक ढलानको काम सम्पन्न गरिने दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । नगरप्रमुख रिजालका अनुसार सिंचाई गेटदेखी नेपाल दुरसञ्चार शाखा कार्यालय अगाडीसम्मको सडक ढलान गरिनेछ । त्यहाँबाट हाँटडाँडासम्म कालोपत्रेको काम भइरहेको अस्पतालचोक हुंदै खानीडाँडा आहाले जाने सडकले समेट्नेछ ।
यसअघि शहरी विकास मन्त्रालयको ३ करोड ३९ लाख १० हजार वजेटबाट रत्नपार्क जिरोप्वाइन्टदेखी सिंचाई गेटसम्म, प्रदेश सरकारको ५८ लाख वजेटबाट पूरानो बैंकचोकबाट–झिसेपु जाने सडक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ करोड ३ लाख वजेटबाट मालपोत कार्यालयदेखी त्रिवेणीचोकसम्म आरसीसी ढलान भइसकेको छ ।
बाँकी सडक ढलानका लागि पनि वजेट जुटेपछि दिक्तेलबजारवासी हर्षित भएका छन् । बजारको कच्ची सडक ढलान हुन नसक्दा बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे हुने गरेको छ । बजारभित्रको सम्पूर्ण कच्ची सडक ढलान भएपछि दिक्तेलबजारको मुहार फेरिनेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology