• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिग्रियो मौसम : पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने संम्भावना

बिग्रियो मौसम : पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने संम्भावना


समायोजन खबर
  • बिहिबार, फाल्गुन १३ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

    आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँबाहेक अरु ठाउँको मौसम भने सफा रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

    यो क्रम आज रातिसम्म नै रहनेछ । अहिले प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बद्ली भएको छ ।

    अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology