• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो

कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो


समायोजन खबर
  • आइतबार, फाल्गुन ९ २०७७

  • समायोजन खबर खोटाङ, नेपालले भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । एअर इण्डियाको विमानमार्फत दिउँसो २ बजे खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवत्ता डाक्टर समीर अधिकारीले जानकारी दिए ।

    खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतवार १० लाख कोभिशिल्ड डोज खोप नेपाल आइपुगेको हो । बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने मन्त्रालयका सहप्रवक्ता अधिकारीको भनाइ छ ।

    काठमाण्डौ आइपुगेको १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ । गएको बुधबार नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिद गर्ने सम्झौता गरेकोमा त्यसको पहिलो खेप नेपाल ल्याइएको हो ।

    सरकारले फागुन २३ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने जनाएको छ । अहिले भारतबाट ल्याइएको खोप पनि पहिलाको जस्तै सुरक्षित भएकाले ढुक्क भएर लगाउन राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology