समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा केन्द्रीय प्रसारण लाइनको विजुली वत्ती बलेको छ । साविक वडा नं. ५ र ६ मा विजुली वत्ती बलेको हो ।
गाउँपालिकाको समन्वय र नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको आर्थिक प्राविधिक सहयोगमा विधुत विस्तारको काम सकिएपछि बुधबारबाट उक्त वडाहरुमा वत्ती वलेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए ।
वर्षौ वर्षपछि केन्द्रीय प्रसारण लाइनको वत्ती बलेपछि स्थानीयहरु हर्षित भएका छन् । २४ सैं घण्टा वत्ती वलेपछि लेखपढ गर्न, कुटानी पिसानी गर्न, इमेल इन्टरनेट चलाउन, कम्प्युटर टेलिभिजन चलाउन सहज हुने स्थानीयहरुको भनाई छ ।
बतासेकै साविक वडा नं.१ र छितापोखरीको केही भागमा वत्ती वल्न बाँकी रहेको छ । यहि वर्षभित्र उक्त दुई स्थानमा केन्द्रीय प्रसारण लाइनको विजुली वत्ती वल्ने गाउँपालिका अध्यक्ष राइले बताए । बतासेमा एक कार्यक्रमको आयोजना गरी निवर्तमान सांसद विशाल भट्टराईले विजुली वत्तीको उद्घाटन गरेका हुन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology