• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घर-घरमा विजुली वत्ती बलेपछि उज्यालो वडा घोषणा

घर-घरमा विजुली वत्ती बलेपछि उज्यालो वडा घोषणा


समायोजन खबर
  • मंगलबार, फाल्गुन ४ २०७७

  • स्वीच अन गरेर धितुङलाई उज्यालो वडा घोषणा गर्दै नगरप्रमुख इवन राई, उपप्रमुख विमला राई ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । वडावासी सम्पूर्ण नागरिकहरुको घर–घरमा केन्द्रीय प्रसारण लाईनको विजुली बत्ती बलेपछि उज्यालो वडा घोषणा गरिएको हो ।

    हलेसी तुवाचुङ नगरपालिकाको उज्यालो वडा अभियान अन्तर्गत मंगलबार धितुङको बखुवामा कार्यक्रमको आयोजना गरी नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बत्तीको स्वीच अन गरेर धितुङलाई उज्यालो वडा घोषणा गरेका हुन् ।नगरपालिकाको आर्थिक सहयोग र नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा उज्यालो वडा बनाइएको हो । वडाको करीव छ सय घरधुरीमा वर्षौ वर्षपछि केन्द्रीय प्रसारण लाइनको वत्ती बलेपछि स्थानीयहरु हर्षित भएका छन् ।

    २४ सैं घण्टा वत्ती वलेपछि लेखपढ गर्न, कुटानी पिसानी गर्न, इमेल इन्टरनेट चलाउन, कम्प्युटर टेलिभिजन चलाउन सहज हुने स्थानीयहरुको भनाई छ । वर्षौवर्ष अध्यारोमा बस्दै आएका धितुङवासीले जनप्रतिनिधि आएपछि उज्यालो पाएका हुन् ।

    नगरपालिकाले दुई महिनापछि दुर्छिम र च्यास्मिटारलाई उज्यालो वडा घोषणा गर्दैछ । डिकुवा र बाहनीडाँडामा विधुत विस्तारको काम युद्धस्तरमा भइरहेको नगरप्रमुख राईले बताए । अन्य वडाहरुलाई यसअघि नै उज्यालो वडा घोषणा गरिसकिएको छ । यो नगरपालिकामा ११ वडा छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology