• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी

म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी


समायोजन खबर
  • बुधबार, माघ २८ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर, म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ ।

    प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ ।

    प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू प्राप्त भएका छन । तर कसैको मृत्यु भएको छैन। बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको र राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन ।

    यसैबीच म्यान्मारको सेनाले नेत्री आङ सान सुकीको पार्टी नेसनल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको उक्त दलले दाबी गरेको छ । मङ्गलवार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोका फोरेर भित्र छिरेर तहसनहस गरेको जानकारी दिइएको छ ।

    पार्टीको कार्यालय तहसनहस पारिदिएको यस अवस्थामा कोही कार्यकर्ता भने नभएका जनाइएको छ ।
    सेनाले जारी गरेको रात्रिकालीन कफ्र्यूका बेला छापा मारेको बताइएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology