समायोजन खबर खोटाङ, प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुुभएको छ । सो अवसरमा प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले उहाँलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराउनुुभएको थियो । सरकारले आगामी वैशाख १७ र २७ गते दुुई चरणमा चुुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो ।
आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले गरिरहेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिनुुभयो । प्रधानमन्त्री ओलीले प्रमुख आयुुक्तसहितका आयुुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भनी धन्यवाद ज्ञापन गर्नुुभएको उहाँले बताउनुुभयो ।
निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाउनुुभएको थियो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्काे निवेदन पनि प्राप्त भएको जानकारी गराउनुुभएको थियो ।
प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानून, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गर्नुुभएको थियो । प्रधानमन्त्री ओलीले मूूलतः निर्वाचनको तयारी सम्बन्धमा नै आयोगले गरिरहेको कामको जानकारी लिनका निम्ति जानुभएकाले त्यसमा नै केन्द्रित रहेर छलफल भएको सल्लाहकार थापाले स्पष्ट पार्नुुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology