• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मालदिभ्समा छ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ खोप दिइयो

मालदिभ्समा छ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ खोप दिइयो


समायोजन खबर
  • आइतबार, माघ २५ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सुरू गरेको पहिलो छ दिनमा छ हजार व्यक्तिलाई खोप लगाएको यहाँकोे स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गर्दै आइतबार स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

    तथ्याङ्क अनुसार माल्दिभ्समा शनिबार दुई हजार ५७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोभिड–१९ विरूद्धको खोप लिने व्यक्तिको सङ्ख्या छ हजार ८५४ पुगेको छ । खोप लगाएकाहरूमध्ये पाँच हजार ५८८ व्यक्ति राजधानीका रहेका र एक हजार २६६ राजधानी बाहिरका क्षेत्रका रहेको एचपीएको तथ्याङ्कमा उल्लेख छ ।

    यसैबीच माल्दिभ्समा शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १०९ रहेको र शनिबारसम्म कूल दुई हजार ३९ व्यक्तिमा सक्रिय सङ्क्रमण रहेको छ भने २०७ जनालाई कोभिड–१९ सङ्क्रमण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

    माल्दिभ्समा अहिलेसम्म कूल १६ हजार ६५६ व्यक्तिमा काभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये १४ हजार ५५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् भने ५४ सङ्क्रमितको मृत्यु भएको छ ।

    माल्दिभ्स सरकारले आफ्ना सबै नागरिकलाई कोभिड–१९ विरूद्धको खोप निःशुल्क उपलब्ध गराउने र आगामी छ महिनामा सबैलाई खोप लगाईसक्ने बताएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology