• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका अग्रज ६ जना पत्रकार सम्मानित

खोटाङका अग्रज ६ जना पत्रकार सम्मानित


समायोजन खबर
  • आइतबार, माघ २५ २०७७

  • अग्रज पत्रकार कृष्ण आचार्यलाई सम्मान पत्र प्रदान गर्नुहुंदै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली लगायत ।

    समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासंघ शाखा खोटाङले ६ जना पत्रकारलाई सम्मान गरेको छ । आफ्नो नवौ साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ शाखा खोटाङको स्थापना गर्नदेखी हालसम्म पनि जिल्लामै रहेर पत्रकारिता पेशामा क्रियाशिल अग्रज पत्रकारहरुलाई सम्मान गरेको हो ।
    आईतबार जिल्ला समन्वय समितीको सभाहलमा अग्रज पत्रकार कृष्ण आचार्य, उजुर राई, डम्बर सिं राई, भीम राई, दिलीप खत्री र बद्री आचार्यलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङले जनाएको छ ।

    उनीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, जिल्ला समन्वय समिती खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरेका छन् ।

    यस्तै, जिल्लामा पछिल्लो समय पत्रकारितामा क्रियाशिल दुई जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा खोटाङ खबर साप्ताहिकमा आवद्ध कृष्णकला राई र न्यूज २४ टेलिभिजनका जिल्ला संवाददाता सन्तोष पौडेल छन् । पुरस्कृत दुवैलाई जनही दुई हजार पाँच सय नगदका साथमा सम्मान–पत्र प्रदान गरिएको छ ।
    कृषिविज्ञ तथा समाजसेवी राई सम्मानित
    नेपाल पत्रकार महासंघ शाखा खोटाङले कृषिविज्ञ तथा समाजसेवी मदन राईलाई सम्मान गरेको छ । आफ्नो नवौ साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ शाखा खोटाङको कार्यालय निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएकोमा राईलाई सम्मान गरेको हो ।
    कार्य व्यस्तताले साधारण सभामा कृषिविज्ञ तथा समाजसेवी राई उपस्थित नभए पनि उहाँको प्रतिनिधि बाबुराम कार्कीलाई सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology