• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, पर्सिदेखि गर्मी सुरु हुने

पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, पर्सिदेखि गर्मी सुरु हुने


समायोजन खबर
  • शुक्रबार, माघ २३ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, अहिले देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

    यी क्षेत्रमा पश्चिमी वायुको प्रभाव हिजोदेखि नै परेको थियो । पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको छ । प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने मौसमविद् अर्यालले बताउनुभयो ।

    यसअघि यो प्रणालीका कारण देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिए पनि अनुमान गरिएभन्दा प्रणाली कमजोर बन्दै गएकाले हल्का वर्षा मात्रै हुने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

    पश्चिमी वायुको प्रणाली मध्य क्षेत्रमा समेत आइसक्नु पर्नेमा पश्चिमी क्षेत्रमा नै अड्किएको उहाँले बताउनुभयो । आज काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मध्य र पूर्वमा क्षेत्रमा यो प्रणालीको प्रभाव भोलिसम्म नै रहनेछ ।

    पश्चिमका क्षेत्रबाट भने भोलि प्रणाली हट्ने अनुमान गरिएको छ । पश्चिमी वायुको प्रणाली पर्सिदेखि हट्ने र त्यसपछि गर्मी सुरु हुने मौसमविद्ले बताएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology