• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुई वर्षमा सक्नुपर्ने पुलको काम २१ महिनामै सकिदै

दुई वर्षमा सक्नुपर्ने पुलको काम २१ महिनामै सकिदै


समायोजन खबर
  • मंगलबार, माघ २० २०७७

  • स्ल्याप ढलान भएपछिको पुल ।

    समायोजन खबर खोटाङ, निर्माण कम्पनीहरुले विकासे काम जिम्मा लिएर तोकेको समयमा काम नसकी लथालिंग बनाइरहंदा खोटाङमा एकवटा पुलको काम सम्झौता अगाडी नै सकिने भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमाना तापखोलामा निर्माणाधिन पुलको काम सम्झौता अगाडी नै सकिने भएको हो ।

    दुई वर्षमा सम्पन्न गर्नेगरी २०७५ फागुन १ गते गाउँपालिका र निर्माण कम्पनीविच सम्झौता भएर २०७६ सालको बैशाखदेखी सुरु भएको पुलको स्ल्याप ढलान सकिएको छ । अब एप्रोज स्ल्याप र विङ वालको काम मात्रै बाँकी रहेको निर्माण कम्पनी सुर्य कन्ट्रक्सन प्रालिका सव–कन्ट्राक्टर सुनिल राईले जानकारी दिए ।

    धेरै अगाडी सकिने पुलको काम कोभिडले पर स¥र्यो । दुई वर्षमा सकिनुपर्ने पुलको काम वर्ष दिनमै सक्ने थियौ । सव–कन्ट्राक्टर राईले भने, ‘अब वढीमा १५ दिनमा काम सकेर पुल गाउँपालिकालाई हस्तान्तरण गर्छौ ।’ गाउँपालिकाको ३ करोड ८३ लाख २६ हजार ९५९ रुपैयाँ बजेटबाट निर्माणाधिन २५ मिटर लम्बाई, ७ मिटर चौडाइ भएको पुलको काम सम्झौता अनुसार २०७८ सालको बैशाखमा सकिनुपर्ने थियो ।

    पुल अनुगमनको क्रममा सामूहिक तस्विरमा गाउँपालिका अध्यक्ष कृष्णकुमार राई लगायत ।

    वढीमा १५ दिनमा निर्माण कम्पनीले पुलकोे सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । निर्माण कम्पनीले सम्झौता अवधि भन्दा अगाडी सम्पन्न गर्न लागेको पुलको कामको गुणस्तरमा गाउँपालिकाले निगरानी गर्दै आएको र कुनै कमजोरी नभएको अध्यक्ष राईले बताए ।

    तापखोलामा पुल बनिसकेपछि गाउँपालिकाबाट दिक्तेल, तराई र काठमाण्डौ जानआउन सहज हुनेछ । पुल नहुंदा बर्षायाममा यातायात सेवा बन्द हुंदै आएको छ । पुलकै कारण वर्षायाममा गाउँपालिकाभरी नियमित उपभोग्य वस्तुको ६/७ रुपैयाँले मुल्य बढ्ने गरेको छ । पुल बनेपछि करीव गाउँपालिकाका १४ हजार जनसंख्यालाई आवतजावत गर्न सहज हुनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology