समायोजन खबर खोटाङ, खोटाङको हलेसीमा बौद्ध धर्मावलम्बीहरुको आचार्य गुरु पद्मसम्भवको प्रतिमा स्थापना गरिने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित मञ्जुश्री क्षेत्रमा पद्मसम्भवको प्रतिमा स्थापना गरिने भएको हो ।
पद्मसम्भवको प्रतिमा स्थापनाका लागि आइतबार हलेसी तुवाचुङ नगरपालिकामा नगरपालिका र नेपाल बौद्ध महासंघले सम्झौता गरेको छ । १९ बुंदे सम्झौता पत्रमा नगरको तर्फबाट नगरप्रमुख इवन राई र महासंघको तर्फबाट आचार्य नुर्बु शेर्पाले हस्ताक्षर गरेका छन् ।
हलेसी बृहत गुरु योजना अन्तर्गत पद्मसम्भवको प्रतिमा स्थापना गर्न लागिएको जनाइएको छ । ६० फिट अग्लो प्रतिमा स्थापनाका लागि मञ्जुश्री क्षेत्रमा ३ रोपनी ७ आना १ पैसा जग्गाको व्यवस्था नगरपालिकाले गर्ने, जग्गा बाहेकका निर्माण सम्बन्धी सम्पूर्ण खर्च महासंघले गर्ने सम्झौता पत्रमा उल्लेख छ । 
सम्झौता मितिबाट ७ महिना भित्रमा महासंघले पद्मसम्भवको प्रतिमा स्थापनाको काम थालेर ५ वर्षमा सम्पन्न गर्नुपर्नेछ । ५ करोडवढी लागतमा मञ्जुश्री क्षेत्रको डाँडामा प्रतिमासहित गुम्बा, पोखरी, पदमार्ग, शान्ति पूजा हल, चैत्य निर्माण, बौद्ध धर्म सङग्राहलय तथा पुस्तकालय, माने निर्माण, बौद्ध स्ववारिक्पा शिक्षण केन्द्र, अनुसन्धान केन्द्र, बगैचा, ढल पानी, बिजुली व्यवस्थापन, तारबार तथा वाल र अपाङगमैत्री शान्ति मार्ग निर्माण गरिनेछ । 
हलेसी बृहत गुरु योजना अन्तर्गत मञ्जुश्री क्षेत्रको डाँडामा प्रतिमा स्थापना भएपछि हलेसीको पर्यटनमा क्षेत्रमा अर्को महत्वपूर्ण इटा थपिने नगरप्रमुख राईले बताए । सम्झौता अनुसार नगरपालिकाले सरासर काम गरिदिएमा तोकेको समयभन्दा अगाडी नै प्रतिमा स्थापना गरिने नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाले दाबि गरे ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology