• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रादेशिक सञ्चार प्रतिष्ठान कार्यसम्पादन सम्झौता

प्रादेशिक सञ्चार प्रतिष्ठान कार्यसम्पादन सम्झौता


समायोजन खबर
  • शुक्रबार, माघ १६ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा बिहीबार प्रादेशिक सञ्चार प्रतिष्ठानले कार्यसम्पादन सम्झौता गरेको छ ।

    प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलबीच कार्यसम्पादन सम्झौता भएको हो ।

    सो अवसरमा कार्यकारी निर्देशक शर्माले कार्यसम्पादन सम्झौतापछि प्रतिष्ठानले काम शुरु गर्ने जानकारी दिँदै प्रशिक्षण कार्यविधि, साङ्गठनिक संरचना निर्माणलगायतका काम शुरु गरिने बताउनुभयो । प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करारपछि मात्रै प्रतिष्ठानको काम शुरु हुने व्यवस्था छ ।

    प्रतिष्ठानले पत्रकारको क्षमतावृद्धि, सञ्चारगृहसम्बन्धी नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान, सूचनाको हक र पत्रकार आचारसंहितासम्बन्धी सचेतना अभिवृद्धिलगायत काम गर्ने छ ।

    प्रदेश नं १ को मन्त्रिपरिषद्को गत पुस ६ गतेको बैठकले वरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology