चिसाङ शेर्पा खोटाङ, खोटाङको खार्मी र सप्तेश्वरको सिमानामा अवस्थित तापखोलामा निर्माणाधिन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमाना तापखोलामा निर्माणाधिन पुलको काम अन्तिम चरणमा पुगेको हो ।
पुलको काम ९५ प्रतिशत सकिएको निर्माण कम्पनी सुर्य कन्ट्रक्सन प्रालिका सव–कन्ट्राक्टर सुनिल राईले जानकारी दिए । राईका अनुसार अब स्ल्याप ढलान र फुटपातको काम मात्रै बाँकी छ । स्ल्याप ढलानका लागि फर्माको काम सकेर ढलान गर्ने तयारीमा रहेको उनको भनाई छ ।
धेरै अगाडी सकिने पुलको काम कोभिड असरले केही पर स¥र्यो । सव–कन्ट्राक्टर राईले भने, ‘नत्र भने दुई वर्षमा सकिनुपर्ने पुलको काम वर्ष दिनमै सक्ने थियौ ।’ दुई वर्षमा सम्पन्न गर्नेगरी २०७५ फागुन १ गते गाउँपालिका र निर्माण कम्पनीविच सम्झौता भएर २०७६ सालको बैशाखबाट पुलको काम सुुरु भएको थियो ।
सम्झौता अनुसार पुलको काम २०७८ सालको बैशाखमा सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीले सम्झौता अवधि भन्दा अगाडी नै पुलको काम सम्पन्न गर्न लागेको हो । निर्माण कम्पनीहरुले काम जिम्मा लिएर सम्झौता समयमा काम नसकी लथालिंग बनाइरहंदा सुर्य कन्ट्रक्सन प्रालिले भने दुई वर्षको काम करीव १८ महिनामा सम्पन्न गर्न लागेको हो ।
पुल नहुंदा यातायातको समस्या झेल्दै आएका गाउँपालिकाबासीको समस्यालाई ध्यानमा राखी गाउँपालिकाले ३ करोड ८३ लाख २६ हजार ९५९ रुपैयाँ बजेट खर्चेर पुल निर्माण गरिरहेको हो । निर्माण कम्पनीले पुलको काम अन्तिम चरणमा पु¥र्याएको केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । तापखोलामा पुल बनिसकेपछि गाउँपालिकाबाट दिक्तेल, तराई र काठमाण्डौ जानआउन सहज हुनेछ।
पुल नहुंदा बर्षायाममा यातायात सेवा बन्द हुंदै आएको छ । पुलकै कारण वर्षायाममा गाउँपालिकाभरी नियमित उपभोग्य वस्तुको ६/७ रुपैयाँले मुल्य बढ्ने गरेको छ । अध्यक्ष राईले भने, ‘पुल बनेपछि करीव गाउँपालिकाका १४ हजार जनसंख्यालाई आवतजावत गर्न सहज हुनेछ ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology