• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु र कुहिरो

हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु र कुहिरो


समायोजन खबर
  • बुधबार, माघ ७ २०७७

  • खोटाङको मुढेमा परेको हिउँ । तस्विर चिसाङ शेर्पा ।फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, आज उच्च हिमाली भूभागका एकरदुई ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

    हिमपातको सम्भावनासहित आज देशका विभिन्न ठाउँको आकाशमा बादल लागेर राम्रोसँग घाम नलाग्ने र तापक्रम घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै तराईमा बिहानदेखि नै बाक्लो हुस्सु् र कुहिरो लाग्न सुरु भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    महाशाखाका अनुसार अहिले प्रदेश १ को पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ । पहाडी क्षेत्रका केही ठाउँ र तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । आज दिउँसो पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अरु ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    यस्तै महाशाखाका अनुसार प्रदेश नं १ का पहाडी भूभागका एक वा दूई ठाउँमा पानी पर्ने र प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology