समायोजन खबर खोटाङ, कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ ।
पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल)ले जीआइजेडको प्राविधिक सहयोग र गेट फाउण्डेशनको सहकार्यमा पर्यटन सेवा सञ्चालनका लागि सुरक्षा मापदण्ड बनाएको हो ।
उक्त संस्थाको भर्चुअल रुपमा आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा स्टेफेन रोसेक र कार्यदलका संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सुरक्षा प्रोटोकलको प्रशिक्षण–प्रशिक्षक तालीम म्यानुअल सार्वजनिक गर्नुभयो ।
यस परियोजनाले कोभिड–१९ पछि नेपाल सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकका लागि सेवा तथा व्यवसाय सुचारु राख्नका लागि स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकका लागि सुरक्षा मापदण्ड बनाउने लक्ष्य राखेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology