• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बढ्यो चिसो,चार प्रदेशमा बादल लाग्ने, तराईमा कुहिरो र हुस्सु

बढ्यो चिसो,चार प्रदेशमा बादल लाग्ने, तराईमा कुहिरो र हुस्सु


समायोजन खबर
  • मंगलबार, पौस २८ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

    अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन लागेको हो । उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

    यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईको कुहिरो भने दिउँसोपखबाट हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तराईमा तत्काल शीतलहरको सम्भावना भने नरहेको मौसमविद् मानन्धरले बताउनुभयो । बाँकी भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।२०७७ पुस २८ गते बिहान १० :०५ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology