समायोजन खबर खोटाङ, गणतन्त्र माल्टाले माल्टा–नेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ । नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
गठित संसदीय मैत्री समूहमा माल्टाका तर्फबाट गणतन्त्र माल्टाका प्रतिनिधिसभाका सांसदहरु डेभिड एगिएस, क्रिस फिअर्न, एडवर्ड ज्यामीट र रोबर्ट क्याटाजार सदस्य रहनुभएको छ । संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधिसभाका सभामुख एन्जेलो फारुजियाको पहलमा संसदीय मैत्री समूह गठन गरिएको नेपाली दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिनु भयो ।
युरोपेली युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसअघि माल्टामा माल्टा–नेपाल मैत्री समाज एवं माल्टा–नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको राजदूत सुवेदीले जानकारी दिनुभयो ।२०७७ पुस २३ गते बिहान ८ :५६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology