समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ ।
टिभी टुडे टेलिभिजनको कार्यक्रम प्रस्तोतासमेत रहनुभएका पन्त र सञ्जालखबर डटकमका सम्पादक रहनुभएका लामालाई अकारण झुक्याएर निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा केही घण्टा राखिएको महासङ्घ शाखाले जनाएको छ ।
शाखाका अध्यक्ष सन्तराम बिंडारीको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यको आकस्मिक बैठकले पनि सो घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाहीको माग गर्दै प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।२०७७ पुस २२ गते साँझ ५ :१८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology