समायोजन खबर खोटाङ, नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत बुधबारदेखि आजसम्म दुई हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । सो अवधिमा तीन हजार १८२ जना सङ्क्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा पाँच हजार ८०० जनाको नमूना परीक्षण गर्दा ४२१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा उपत्यकामा (भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १६०) १९७ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा ६३७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने ६३७ जना निको भएका छन् । गत बुधबारदेखि आजसम्म ३८ को कोरोनाबाट मृत्यु भएको छ ।२०७७ पुस १९ गते साँझ ५ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology