• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा दुई दिनयता इन्टरनेट सेवा अवरुद्ध

खोटाङमा दुई दिनयता इन्टरनेट सेवा अवरुद्ध


समायोजन खबर
  • शनिबार, पौस १८ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा दुई दिनयता इन्टरनेट सेवा अवरुद्ध हुंदा सेवाग्राहीहरु मर्कामा परेका छन् । शुक्रबारदेखी एडिएसएल इन्टरनेट सेवा अवरुद्ध हुंदा सदरमुकाम दिक्तेलका सेवाग्राहीहरु मर्कामा परेका हुन् ।

    रसुवाघाट भन्दा ६ किलोमिटर अगाडी सडक निर्माणको क्रममा जेसिभिले फाइवरको तार चुट्याइदिएकाले एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल दुरसञ्चार शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र बलम्पाकीले बताए । जेसिभिले करीव डेढ सय मिटर फाइवर तार चुट्याइदिएको छ ।

    इन्टरनेट सेवा अवरुद्ध भएपछि शुक्रबार नै उदयपुरको गाइघाटबाट प्राविधक टोली आएर निरिक्षण गरेको र शनिबार विहान प्राविधिक टोली पुनः फाइवर तार फेर्नलाई त्यसतर्फ हिडेकाले छिट्टै इन्टरनेट सुचारु हुने प्रमुख बलम्पाकीले बताए ।

    सदरमुकाम दिक्तेलमा करीव तीन सय सेवाग्राहीले फाइवरबाट एडिएसएल इन्टरनेट प्रयोग गरिरहेका छन् । अन्य स्थानमा भने रेडियो लिंकबाट इन्टरनेट सेवा दिइएको दुरसञ्चार शाखा कार्यालय दिक्तेलले जनाएको छ ।२०७७ पुस १८ गते बिहान ९ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology