• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी

नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी


समायोजन खबर
  • बुधबार, पौस १५ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो ।

    यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि आवेदन लिन थालिएको विभागले जनाएको छ । नयाँ अनुमतिपत्रका लागि ‘सफ्टवेयर’ र छपाइको काम विभागले गर्दै आएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन र अनुमतिपत्र वितरण गर्छन् ।

    अहिले प्रदेश सरकारले अनुमतिपत्रका लागि परीक्षा लिन चाहेकाले आवेदन खुलाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार सात वटै प्रदेशले नयाँ अनुमतिपत्र खुलाउने भएका छन् । उहाँले भन्नुभयो, “सेवाग्राहीले आफ्नो अनुकूल मिलाएर अनलाइनमार्फत फारम भरेर परीक्षामा समावेस हुन सक्नुहुन्छ ।”

    एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले मङ्गलबारदेखि फारम लिन थालिएको भए पनि केही दिनपछि मात्रै परीक्षा लिइने बताउनुभयो । कोभिड–१९ को जोखिम कायम रहेकाले भीडभाड कम हुने गरी लिखित र प्रयोगात्मक परीक्षा लिइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एक दिनमा निश्चित सङ्ख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाइनेछ ।”

    कार्यालयले गत चैतदेखि नै नयाँ अनुमतिपत्रका लागि परीक्षा लिएका थिएनन् । यसबीचमा पनि अनुमतिपत्र नवीकरण र वितरणको काम भने भइरहेको थियो । लामो समयसम्म अवरुद्ध सेवा एकै पटक खुलाउँदा भीड हुने भएकाले निश्चित सङ्ख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाउन लागिएको हो ।२०७७ पुस १५ गते साँझ ६ :१० मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology