• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इजरायलमा पुनः लकडाउन हुने

इजरायलमा पुनः लकडाउन हुने


समायोजन खबर
  • बिहिबार, पौस ९ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर, कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको छ ।लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजेदेखि सुरु हुने अधिकारीहरुले जनाएका छन् ।

    प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार जारी संयुक्त वक्तव्यमा अहिले दुई हप्ताका लागि तय गरिएको लकडाउन आवश्यकता अनुसार लम्ब्याउन सकिने उल्लेख गरिएको छ ।

    इजरायलमा दैनिक चार हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल नझर्दासम्म लकडाउन नहटाउने बताइएको छ ।

    लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान नपाइने व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि प्रतिवन्ध लगाइने भएको छ ।

    सवै व्यवसायीक तथा व्यापारिक कार्यालयहरू बन्द गरिने भएपनि अत्यावश्यक सेवाका कार्यालय भने सूचारु गर्न दिइने अधिकारीले जनाएका छन् । काम गर्नेहरूलाई घरबाटै काम गर्न आग्रह गरिने र सार्वजनिक स्थलमा भिडभाड गर्न नपाइने जनाइएको छ ।

    सार्वजनिक सवारी साधनहरूमा आधा मात्रै यात्रु राख्न पाइने व्यवस्था गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । लकडाउनका बेलामा पुर्व प्राथमिक कक्षा, कक्षा एक देखि ४ सम्म र कक्षा ११ र १२ का पढाई मात्रै सञ्चालन गर्न दिइने भएको छ ।२०७७ पुस ९ गते साँझ ७ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology