समायोजन खबर खोटाङ, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)खोटाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सन् २०२० मा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका प्रतिनिधिमूलक घटना प्रतिवेदन इन्सेक जिल्ला
प्रतिनिधि रामधन राईमार्फत प्रस्तुत गरिएको हो ।
पुष–८ गते वुधबार प्रस्तुत प्रतिवेदनमा राज्यबाट भएको मानव अधिकार उल्लङ्घन(राजनीतिक अधिकार)का दुई घटना छन् । प्रतिवेदनमा ६ जनाको हत्या, एक वालिकाका सहित सात जना वलात्कृत भएको घटना उल्लेख छ ।
यस्तै, एक वालिका र एक महिलामा वलात्कार प्रयास भएको घटना पनि प्रतिवेदनमा समाबेश गरिएको छ । कुटपिटका दुई र धम्कीका एक गरी १८ वटा घटनालाई मानव अधिकार उल्लङ्घनको प्रतिनिधि घटनाका रुपमा उल्लेख गरिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology