समायोजन खबर, कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएको छ ।
वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको खबरमा उल्लेख छ ।
खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य मन्त्री बसेल अल सबाहले जानकारी दिनुभयो । उहाँले एकरएक महिनाको अवधि वर्षभरि नै खोप ल्याइने पनि जानकारी दिनुभयो । खोप लगाएसँगै थप मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने विश्वास गरेको स्वास्थ्य मन्त्री सबाहले बताउनुभयो ।२०७७ पुस ९ गते बिहान ९ :४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology