समायोजन खबर खोटाङ, तराईका जिल्लामा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बन्न थालेको छ । पुस महिना लागेसँगै देशभरि चिसो बढेको हो ।
तराईका जिल्लामा अत्यन्तै चिसो हुने र घाम नलाग्ने भए पनि अहिले नै त्यसलाई शीतलहर भने भन्न नमिल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
दिउँसोको समयमा केहीबेर हुस्सु कुहिरो हट्ने गरेकाले शीतलहर भन्न नमिल्ने मौसमविद्ले शाक्यले बताउनुभयो । शीतलहर चल्नका लागि केही दिनदेखि लगातार घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लाग्ने, शिरशिर हावा चल्ने र अत्याधिक चिसो महशुस हुनुपर्ने उहाँको भनाइ छ । अहिले बिहानदेखि लागेको हुस्सु कुहिरो दिउँसोको समयमा भने केही हट्ने गरेकाले पनि शीतलहर भन्न नमिल्ने उहाँले बताउनुभयो ।
तराईमा शीतलहर सुरु नभए पनि प्रारम्भिक चरणमा देखापर्ने अवस्था भने बिस्तारै देखिन सुरु भएको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा बिहानदेखि लागेको हुस्सु कुहिरो दिउँसोको समयमा भने केही हट्ने गरेको छ । तर, फेरि बेलुका हुस्सु लाग्ने गरेको मौसमविद् शाक्यले बताउनुभयो । चिसो बढेसँगै धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम घटेको छ ।२०७७ पुस ३ गते बिहान ८:३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology