समायोजन खबर खोटाङ, खोटाङमा विप्लव कार्यकर्ता पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा नेपाल र प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले विप्लव कार्यकर्ता पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ बागध्वज रहेका छन् । विप्लव कार्यकर्तालाई रातका समयमा भरुवा बन्दुक, राईफल तथा पेस्तोलका गोली, बारुद, छर्रा लगायत वन्दोवस्तीका सामान सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए ।
विप्लवका कार्यकर्ताले जंगलमा सेल्टर बनाएको सूचनाका आधारमा मंगलबार छापा मार्दा एक नाल भरुवा बन्दुक, पेस्तोल तथा राईफलको ७३ राउण्ड गोली, भरुवा बन्दुकमा लाग्ने छरुवा तथा बारुद, विभिन्न कम्पनीका सिमसहितका मोबाईल, प्रयोगमा ल्याइसकिएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात नखोलिएका सिम १२ थान, भिर्ने झोला चार थान, कम्मरमा बाँध्ने झोला दुई थान, दुई वटा ट्रयांक लगायतका वन्दोवस्तीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
विप्लव कार्यकर्तामाथि हात हतियार खरखजना तथा राज्य विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रनाउ चिमरियाले बताए । रातका समयमा टेन्ट हालेर सेल्टर लिने गरेको आधारमा छापा हानिएको प्रहरीले जनाएको छ ।२०७७ पुस १ गते साँझ ७ :१७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology