समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दिएको कम्प्युटर तालिमले प्रविधिमा पहुंच पुगेको महिलाहरुले बताएका छन् । कम्प्युटर सम्बन्धी सामान्यभन्दा सामान्य ज्ञान नभएका महिलाहरुले निःशुल्क तीन महिने तालिम पाएपछि प्रविधिमा सिधा पहुंच पुगेको बताएको हो ।
नगरपालिकाले वडा नं. १० अर्खौलेका ६४ जना महिलाहरुलाई १४ असारदेखी १४ असोजसम्म तीन महिने आधारभुत कम्प्युटर तालिम दिएको थियो । तर, कोरोना कहरका कारण बिहीबार तालिमको समापन गरिएको हो । तालिमको समापनमा बोल्दै सहभागी महिलाहरुले कम्प्युटर तालिमबाट आफूहरु प्रविधिमा अगाडी बढ्न सुरु गरेको बताएका छन् ।
अहिलेको समयमा जुनसकुै स्थानमा सामान्य कुरा बुझ्न तथा जागिर खानका लागि पनि आधारभुत कम्प्युटर ज्ञान भएको जनशक्ति आव्हान गरिएको पाइन्छ । तालिममा सहभागि अर्खौलेका रञ्जना श्रेष्ठले भनिन्, ‘यो तालिमले हामीलाई अब जागिर खानमा मद्दत गरेको छ । हामी हर्षित छौ ।’
नगरपालिकाको प्रबिधिमा महिलाको पहुच कार्यक्रम अन्तरगत चार लाखबाट चारवटा कम्प्युटर र एक वटा ल्यापटप खरीद गरी बाँकी बजेटबाट महिलाहरुलाई तालिम दिइएको हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुख विमला राईले बताईन् ।
डाडु र पनिउ चलाइरहेको महिलाहरुको हातले कम्प्युटरको माउस चलाउन पाउनुभयो सहभागीलाई उद्धृत गर्दै नगर उपप्रमुख राईले भनिन्,“तालिम पाए, स्थान पाए दुर दराजका महिलाहरुले पनि कम्प्युटरका पार्टपुर्जा चलाउन, बनाउन, इमेल, इन्टरनेट चेक गर्न, पावर प्वाइन्ट बनाउन सक्छन् भन्ने गतिलो उदाहरण हो यो ।”
तालिममा सहभागी महिलाहरुलाई नगरप्रमुख इवन राई, नगर उपप्रमुख राई, वडाध्यक्ष ज्ञान बहादुर पुरी लगायतले प्रमाण पत्र प्रदान गरेका छन् । तालिमको सहजीकरण नगरपालिकाको आइटी शाखाले गरेको थियो ।२०७७ मंसिर २६ गते दिउँसो १ :१७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology