समायोजन खबर खोटाङ, धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरा हटाउनमा बराहपोखरी गाउँपालिका आक्रमक बनेको छ ।
बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउनका लागि तीन पल्ट दिइएको म्यादलार्ई स्थानीयले बेवास्ता गरेपछि गाउँपालिका अन्तिम पल्ट समय दिएर आक्रमक बनेको हो ।
१८ मंसिरको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुशार दश दिनको अवधि दिएर २७ व्यक्तीको नामावली सहित अन्तिम पटक सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका व्यक्तीलाई घर–टहरा हटाउन २०७५ साल असोज ८ गते, २०७५ साल चैत ४ गते र २०७६ साल मंरि ३० गते सूचना प्रकाशन गरी अनुरोध गरिए पनि अटेर गरिएकाले घर–टहरा हटाउन अन्तिम पटक सूचना प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए ।
जग्गा अतिक्रमण गरेर बस्नेमा भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भिमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुयाल, तिलकबहादुर मगर, गंगा बिक, डिल्ली गिरी, महेन्द्र बिष्ट, केदार राई, तिर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, धुर्व गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्री छन् । उनीहरुको नाम गाउँपालिकाले सूचना जारी गरेको गरेर सार्वजनिक गरेको हो ।
नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश बराहपोखरीको सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा तोकिएको समयभित्र नहटाइए स्थानीय प्रशासनको साथ लिएर बल प्रयोग गरी हटाइने गाउँपालिकाको सूचनामा उल्लेख छ ।२०७७ मंसिर २५ गते दिउँसो ४ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology