समायोजन खबर खोटाङ, खोटाङमा आत्महत्या गर्ने र जबरजस्ती करणीको संख्या बढी पाइएको छ । झुण्डिएर तथा विष सेवन गरी आत्महत्या गर्ने र जबरजस्ती करणीको संख्या बढी पाइएको हो ।
बिहीबार जिल्ला समन्वय समितिको तालिम हलमा भएको ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस एवम् लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा चार आर्थिक वर्षमा जिल्लामा सवैभन्दा बढी विभिन्न प्रकृतीका आत्महत्या र जबरजस्ती करणी भएको विवरण प्रस्तुत गरिएको छ ।
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा खोटाङका सचिव युवराज रिजालले उक्त कार्यक्रममा प्रस्तुत गरेको विवरण अनुसार आर्थिक वर्ष २०७४/०७५ देखी चालू आर्थिक वर्ष २०७७/०७८ सम्ममा झुण्डिएर १४४ र विष सेवन गरेर ३९ जनाले आत्महत्या गरेका छन् । यस्तै, आर्थिक वर्ष २०७४/०७५ देखी चालू आर्थिक वर्षसम्म आइपुग्दा ४३ जना महिला जबरजस्ती करणीमा परेका छन् ।
विवरण अनुसार ३८ वटा जबरजस्ती करणी उधोग, ३४ वटा ज्यान मार्ने उधोग, १४ वटा बहु विवाह, १ वटा बाल विवाह, ३ वटा वाल यौन दुव्र्यबहार जस्ता लैङ्गिक हिंसा भएको तथा ४ जना बोक्सी आरोपमा मारिएको जनाइएको छ ।
विवरणमा जनाइए अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ७७, आव २०७५/०७६ मा ९९, आव २०७६/०७७ मा ९४ र चालू आवमा ५२ वटा लैङ्गिक हिंसा भएको पाइएको छ ।२०७७ मंसिर २५ गते दिउँसो १२ :२६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology