• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मंगलटारका कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण

मंगलटारका कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण


समायोजन खबर
  • शनिबार, मंसिर १३ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मंगलटारका कृषकलाई कृषि सामग्री, बीउ बिजन र किटनाशक औषधि वितरण गरेकोे छ । सुख्खा क्षेत्रका कृषकहरुको जीविकोपार्जनका लागि कृषि सामग्री, बीउबिजन र किटनाशक औषधि वितरण गरेको हो ।

    मंगलटारका ३४० जना कृषकहरुलाई हिलटेक, स्प्रे ट्याङकी, सिड स्प्रे, हजारी, बीउबिजन र किटनाशक औषधि वितरण गरिएको छ । त्यहाँका कृषकहरुलाई नगरप्रमुख इवन राई, उपप्रमुख विमला राई, वडाध्यक्ष लगायतले कृषि सामग्री वितरण गरेका थिए ।

    नगरपालिकाको विशेष अनुरोधमा एसडिसिको दुई करोड ४४ लाख वरावरको आर्थिक सहयोग तथा कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजिकरणमा २६ कार्तिकबाट नगरपालिकाले ११ वटै वडाका कृषकलाई बीउबिजन तथा सामग्री वितरण गरिरहेको छ ।
    नगरपालिकाले ४ हजार ५३ घरपरिवारलाई बीउबिजन र कृषि सामगी वितरण गर्ने जनाएको छ ।
    यो पनि पढ्नुहोस,च्यास्मीटारका कृषकलाई कृषि सामग्री वितरण

    २०७७ मंसिर १३ गते राती ८ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology