समायोजन खबर खोटाङ, भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या पाँच लाख १७ लाख २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने छ हजार ६०८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कुल सङ्क्रमित मध्ये अहिलेसम्म चार लाख ६८ हजार १४३ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये पछिल्लो २४ घण्टामा आठ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका हुन् । भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।
दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४२५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । भारतको दिल्लीमा केही समययता कोरोनाभाइरसको सङ्क्रमण न्युन देखिएपनि अहिले पछिल्लो समयमा फेरी बृद्धि भएको छ ।
तिव्र रुपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परिक्षण गर्ने क्रमलाई पनि तिव्रता दिएको अधिकारीहरुले बताएका छन् । त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई दुइ हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि पाँच सय रुपैया मात्रै रहेको जरिवानालाई एकाएक बृद्धि गरेर दुई हजार बनाइएको हो ।
त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभएको छ ।२०७७ मंसिर ६ गते साँझ ६ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology